आईसीसी टी–२० महिला विश्वकप: आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

ssapana44@gmail.com' jamuna aryal
७ फाल्गुन २०७५, मंगलवार ०८:१४

काठमाडौं – आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

सोमबारदेखि थाइल्यान्डमा सुरु भएको आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले आज मलेसियासँग आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र मलेसियाबीचको खेल ८ बजेर १५ मिनेटमा सुरु हुँदैछ ।

थाइल्यान्डको बैंककस्थित तेर्दथाई क्रिकेट मैदानमा हुने खेलमा नेपाल स्पष्ट जितको खोजीमा छ । नेपालले आजको खेलमा मलेसियालाई पराजित गर्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा छ ।

मलेसियाले भने आफ्नो पहिलो खेलमा सोमबार कुवेतलाई ६३ रनले पराजित गरेको थियो । आफ्नो दोस्रो खेलमा नेपाललाई पनि पराजित गर्ने लक्ष्यमा मलेसिया रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१