उखु किसानले सरकारी अनुदानको माग गर्दै विरोध प्रदर्शन

ssapana44@gmail.com' jamuna aryal
६ फाल्गुन २०७५, सोमबार १६:१८

सर्लाही – उखु किसानले सरकारी अनुदानको रकम माग गर्दै  पूर्व पश्चिम राजमार्गअन्तर्गत  सर्लाहीको हरिवनमा विरोध प्रदर्शन गरेका छन् ।

आर्थिक वर्ष २०७४/०७५ को सरकारले उखु किसानलाई अनुदानबापत दिनुपर्ने ६५ रुपैयाँ २८ पैसा र चिनी उधोगले दिनुपर्ने ५ रुपैयाँ अहिलेसम्म पनि नदिएकाले आन्दोलन गर्नु परेको नेपाल राष्ट्रिय उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।

किसानसँग सरकार गैरजिम्मेवारी रुपमा प्रस्तुत भएकाले अब किसानले जस्तोसुकै मूल्य चुकाएर भुक्तानी लिएरै छोड्ने किसान अगुवा राजकुमार उप्रेतीले बताउनुभयो । हातमा उखुको लाक्रो बोकेर  प्रदर्शनमा उत्रिएका  किसानले  एक वर्ष बितिसक्दा समेत उखुको भुक्तानी नपाएकाले आन्दोलनको विकल्प नभएको बताएका छन् ।

उहाँहरुले आजबाट चरणबद्ध रुपमा आन्दोलनको घोषणा गर्दै राजमार्ग बन्द गर्ने  समेत कार्यक्रम तय गर्नुभएकाे छ । उखु बिक्री  गरेको रकम लिन उखु किसान सहज रुपमा  सरकारसँग प्रस्तुत हुँदा नसुनेकाले अब कडा रुपमा सडकमा आउने सर्लाही क्षेत्र ३ क बाट निर्वाचित प्रदेश संसद डिल्ली उप्रेतीले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१