इबोला भाइरसको औषधि बाँदरमा सफल परीक्षण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ भाद्र २०७१, आईतवार ०५:५४

विनिपेग- इबोला भाइरसको उपचारका लागि प्रयोग हुन सक्ने औषधीको बाँदरमा सफल परीक्षण गरिएको छ। १८ वटा बाँदरमा गरिएको परीक्षण शतप्रतिशत सफल भएको अनुसन्धानकर्ताले बताएका छन्।

‘नेचर’ नामक पत्रिकामा प्रकाशित रिपोर्टअनुसार यो ‌औषधी इबोलाबाट संक्रमित मानिसका लागि पनि उपर्युक्त हुन सक्ने अनुसन्धानमा संलग्न वैज्ञानिकहरु बताउँछन्।monkey_685_600x450
यो इबोलाको औषधीका रुपमा गरिएको पहिलो परीक्षण हो। जसमा बाँदरलाई जिम्याप नामक भाइरसबाट संक्रमित बनाएर पाँच दिनपछि उपचार गरिएको थियो। जुन सफल भयो।
तर, यो औषधी ७ जना संक्रमित मानिसमा प्रयोग गरिएकोमा २ जनाको पछि मृत्यु भएको थियो। त्यसैले, यो परीक्षणकै क्रममा रहेको छ।
यसैबीच पश्चिम अफ्रिकी देश सेनेगलमा इबोलाको पहिलो संक्रमित व्यक्ति भेटिएको पुष्टि भएको छ। योसँगै सेनेगल पश्चिम अफ्रिकाको पाँचौ इबोला संक्रमित देश बनेको छ। पश्चिम अफ्रिकामा अहिले करिब २० हजार इबोला संक्रमित रहेको अनुमान लगाइएको छ। उक्त क्षेत्रमा हालसम्म इबोला संक्रमणबाट १५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ। अहिले परीक्षण गरिएको औषधी तत्काल सबै संक्रमित क्षेत्रमा पर्‍याउन भने नसकिने अनुसन्धानकर्ताले बताएका छन्।

प्रतिक्रिया