विश्वकै उत्कृष्ट घुम्नै पर्ने सहरमध्ये काठमाडौं पाँचौं स्थानमा

ssapana44@gmail.com' jamuna aryal
६ फाल्गुन २०७५, सोमबार ०९:१५

काठमाडौं – विश्वकै उत्कृष्ट घुम्नै पर्ने सहरमध्ये काठमाडौं पाँचौं स्थानमा परेको छ। पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्ने ‘लोन्ली प्लानेट’ नामको संस्थाले काठमाडौंलाई सन् २०१९ मा घुम्नै पर्ने विश्वकै उत्कृष्ट १० सहरमध्ये पाँचौं स्थानमा छनोट भएको हो। 

प्लानेटले विश्वका १० उत्कृष्ट सहर छनोट गरी नजिता यसै साता सार्वजनिक गरेको छ। प्लानेटले सार्वजनिक गरेको सूचीमा काठमाडौं पाँचौं स्थानमा परेसँगै पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने भएको छ। 

नोन्ली प्लानेटले गत मंसिर २७ गतेसम्म प्रतिस्पर्धाको अन्तिम समय राखेर यसैसाता नतिजा सार्वजनिक गरेको हो। सन् २०१९ को भ्रमणका लागि उत्कृष्ट १० सहरमा पहिलो सहरमा डेनमार्कको कोपनहेगन, दोस्रो चीनको सेन्जेन, तेस्रो सर्वियाको नोविसाड, चौथोमा अमेरिकाको मैमी र पाँचौंमा नेपालको काठमाडौं, छैटौंमा मेक्सिको सिटी, सातौमा डाकरको सेनेगल, आठौंमा अमेरिकाको सित्तल, नवौंमा जादरको क्रोसिया र १० औं सहरमा मेक्नेस देशको मोरोक्को रहेका छन्। 

सरकारले सन् २०२० लाई नेपाल नेपाल भ्रमण वर्ष घोषणा गरेको २० लाख पर्यटक भित्राउने लक्ष्यसहित कार्यक्रम सुरु गरेको बताउदै यो नतिजाले थप सहयोग पुग्ने संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री रविन्द्र अधिकारीले बताए। 

२०७२ सालको भूकम्पले क्षति पुर्याएको काठमाडौंका पुरातात्विक महत्वका सम्पदाको पुनः निर्माणले गति लिएको अधिकांस भ्रमण क्षेत्रको पुनःनिर्माण सम्पन्न भएकाले काठमाडौं घुम्नलायक भएको लोन्ली प्लानेटको ठहर छ। 

विश्वसम्पदा सूचीमा रहेका सात सम्पदा एउटै सहरमा हुने काठमाडौं विश्वकै एउटा मात्र सहर हो। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१