शुभम र वितिषा स्याङतान उत्कृष्ट खेलाडी

ssapana44@gmail.com' jamuna aryal
६ फाल्गुन २०७५, सोमबार ०९:०९

काठमाण्डौँ – गोदावरी ओपन तेश्रो राष्ट्रिय वादो कराते च्याम्पियनसीप कराते प्रतियोगितामा पुरुष तर्फ गोदावरी डोजोका शुभम सिलवाल तथा महिला तर्फ ठैब डोजोकी वितिषा स्याङतान उत्कृष्ट खेलाडी घोषित भए ।

धादीङ धुनबेसी डोजोका अमिर तामाङ र नागार्जुन डोजोका रश्मि लामा उदयीमान खेलाडी घोषित भए । यी चार जनै खेलाडीलाई नेपाल राष्ट्रिय गोजुरियो कराते सघका सचिव सुदन सिंह सिलवालबाट प्रायोजित पुरस्कार प्रदान गरियो । प्रतियोगितामा वादोकाइ मानसिंह डोजो आठ स्वर्ण, चार रजत र चार काश्य पदक सहित पहिलो भयो ।  यसैगरी,गोदावरी डोजो पाच स्वर्ण, पाच रजत र पाच काश्य पदक सहित दोश्रो भयो ।

वादोकाइ गोंगोबु डोजो तीन स्वर्ण,दुइ रजत र एक काश्य पदक सहित तेश्रो भयोे ।  विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी युवा संघ नेपालका अध्यक्ष रमेस पौडेल र बिशिष्ट अतिथी गोदावरी नगरपालीकाका मेयर गजेन्द्र मर्हजन र उपमेयर मुना अधीकारी लगायतले पुरस्कार प्रदान गरे । समापन समारोहमा गोदावरी नगरपालीकाका बोर्ड सदस्य लक्ष्मी बहादुर नगरकोटी,नेपाल खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश नेवा र उपाध्यक्ष स्वयम्भु राज डंगोल लगायत उपश्थित थिए । कार्यक्रममा नेकपा प्रदेश सदस्य मधुसुदन पौडेलको पनि उपश्थिती थियो । 

यस अघि कार्यक्रमको युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनारले उद्घाटन गरेका थिए  । उद्घाटन कार्यक्रममा प्रतिनिधी सभा सदस्य नवराज सिलवाल, मैना अच्छामी र देवकी श्रेष्ठका साथै प्रदेश सभा सदस्य लाल कुमारी पुनको उपश्थिती रहेको थियो ।  आयोजक गोदावरी मार्सल आर्ट केन्द्रका अध्यक्ष चिन लामाको सभापतीत्वमा कार्यक्रम भएको थियो । नेपाल कराते महासंघका रेफ्रि कमिटीका बरिष्ठ उपाध्यक्ष राम  लामाको नेतृत्वमा रहेको प्यानलले खेल सञ्चालन गरेको प्रतियोगितामा २४ स्पर्धा समाबेश थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१