अष्ट्रेलियामा नेपाली विद्यार्थी अलपत्र

ssapana44@gmail.com' jamuna aryal
५ फाल्गुन २०७५, आईतवार १४:३५

अष्ट्रेलिया – अष्ट्रेलियाको एउटा तालिमे कलेजमा नर्सिङ पढिरहेका झण्डै एक हजार नेपाली विद्यार्थी आफ्नो पढाईले मान्यता नपाउने भएपछि अन्योलमा परेका छन् । डेढ वर्षअघि २४ महिने कोर्स पढ्न अष्ट्रेलियन इन्स्टिच्यूट अफ बिजिनेस टेक्नोलोजी (एआईबीटी) को सिड्नी र बिसबेन कलेज आएका विद्यार्थीहरु अब पढाईले मान्यता नपाउने भएपछि अन्योलमा परेका हुन् ।

कलेज खोल्ने, चलाउने र पढाउने अनुमति भए पनि पढाइलाई नर्सिङ काउन्सिलले मान्यता दिएको थिएन । त्यस्तै, नर्सिङ पढेकाहरुलाई अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा इन्टर्नसिपका लागि मान्यता दिने रेगुलेटर एजेन्सीले पनि मान्यता नदिने भएपछि विद्यार्थीको डेढ वर्षको पढाइ खेर जाने अवस्था आएको हो ।

अष्ट्रेलियामा स्कील क्वालिटी अथोरिटी (एएसक्युए)मा दर्ता भएपछि तालिम इन्स्टिच्यूट खोल्न र विभिन्न विषय पढाउन पाइन्छ । त्यसबाहेक सम्बन्धित विषयमा तालिम लिएको जनशक्तिको स्तर प्रमाणित गरेर उनीहरुलाई काममा लगाउन स्वीकृति दिने अरु संस्था पनि हुन्छन् । अष्ट्रेलियामा विश्वविद्यालय अन्तर्गतका कलेजहरुमा प्राज्ञिक तहको पढाइ हुने र त्यसका लागि महंगो शुल्क लाग्ने हुनाले नेपाली विद्यार्थी यस्तै तालिमे कलेजहरुतर्फ आकर्षित भैरहेका छन् ।

नर्सिङ्को पढाइले मान्यता पाउन अष्ट्रेलियन नर्सिङ् तथा मिड वाइफरी एक्रेडिटेसन काउन्सिल (एन्म्याक)को स्वीकृति आवश्यक पर्छ । त्यस्तै नर्सिङ् पढेकाहरुले स्वास्थ्य संस्थामा प्रयोगात्मक प्रशिक्षण लिन र पढाइपछि रोजगार सुनिश्चित गर्न अष्ट्रेलियन हेल्थ प्राक्टिस्नर रेगुलेटर एजेन्सी (एएचपीआरए) ले मान्यता दिनुपर्छ । अहिले एआईबीटीको नर्सिङ् पढाईलाई दुबै संस्थाले मान्यता दिएनन् र विद्यार्थी अन्योलमा परे ।

आफ्नो पढाइले मान्यता नपाउने भएपछि नेपाली विद्यार्थीहरुले नेपाली दूतावास र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संगठनमा निवेदन दिएका छन् । विद्यार्थीको गुनासोपछि क्यानबेरामा रहेको नेपाली दूतावासले विद्यार्थीका समस्या बुझेर समाधान गरिदिन अष्ट्रेलिया सरकारलाई चिठि लेखेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१