सगरमाथाको बेस क्याम्पघुम्न जाने पर्यटकहरुलाई चीनको रोक

ssapana44@gmail.com' jamuna aryal
४ फाल्गुन २०७५, शनिबार ०९:१९

काठमाण्डौँ – चीनले तिब्बततर्फ रहेको सगरमाथाको बेस क्याम्प(आधार शिविर) घुम्न जाने पर्यटकहरुलाई रोक लगाएको छ ।

चिनियाँ सञ्चार माध्यमहरुले जनाएअनुसार सगरमाथाको बेस क्याम्पमा फोहोरको डङ्गुर थुप्रिएपछि त्यसको सरसफाइका लागि केही समय पर्यटकलाई भ्रमण गर्न रोक लगाइएको हो । 

सगरमाथाकाे आधार शिविरतर्फ जानका लागि चीनले तिब्बतमा बनाएकाे सडक

सगरमाथाकाे आधार शिविरतर्फ जानका लागि चीनले तिब्बतमा बनाएकाे सडकप्रतिबन्ध सामान्य पर्यटकलाई मात्रै लगाइएको र सगरमाथा आरोहीहरुका लागि भने प्रतिबन्ध नरहेको सिन्ह्वाले जनाएको छ । 

समुद्री सतहबाट झण्डै ५ हजार मिटरमा रहेको रङ्पो गुम्बाबाटै पर्यटकलाई प्रवेशमा रोक लगाइएको चिनियाँ प्रकृति संरक्षणका अधिकारीहरुले जानकारी दिएका छन् ।

सिन्ह्वाका अनुसार पर्यटकहरुलाई अहिले भएको आधार शिविरभन्दा दुई किलोमिटर वर नै अर्को आधार शिविर बनाइने भएको छ ।

पछिल्लो समय चीनतर्फ र नेपालतर्फबाटै सगरमाथाको आधार शिविरसम्म घुम्न जाने पर्यटकको संख्या बढिरहेको छ । 

गएको वर्ष मात्रै सगरमाथा आरोहण गर्नेको संख्या ८ सय भन्दा बढी रहेको थियो । 

तर बढ्दो आरोही र पर्यटकको संख्याले भने सगरमाथा क्षेत्रमा निकै नै प्रदूषण बढ्दै गैरहेको छ । चीनले सरसफाइका साथै सगरमाथा क्षेत्रमा रहेका आरोहीका शवहरु पनि हटाउने भएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१