मुम्बई : हिन्दी चलचित्र ‘फाइन्डिङ फनी’का केही संवाद र दृश्यमा सेन्सर बोर्डले आपत्ति जनाएको छ। चलचित्रमा प्रयोग भएको ‘भर्जिनिटी’ शब्दमा यस्तो आपत्ति जनाएपछि एउटा संवाद नै हटाउनु परेको छ।
समाचारस्रोतका अनुसार दीपिकाले चलचित्रको एक दृश्यमा अर्जुनसँग ‘म भर्जिन हुँ’ भनेकी छन्। यो कुरा सेन्सर बोर्डलाई मन नपरेका कारण निर्माण पक्षले नचाहँदा नचाहँदै हटाउन बाध्य भएको छ।
यसअघि धेरै चलचित्रमा ‘भर्जिन’ शब्द प्रयोग भए पनि ‘फाइन्डिङ फनी’बाट भने यसलाई हटाइएको हो।चलचित्रमा अर्को एउटा दृश्य रहेको छ जसमा पंकज कपुरले अभिनेत्री डिम्पल कपाडियालाई घुरेर हेरेका छन्। यस दृश्यमा डिम्पलको च्यातिन लागेको कपडामा उनले नियालेर हेरेका छन्। सेन्सरले यस दृश्यमा पनि आपत्ति जनाएको छ। चलचित्र आगामी सेप्टेम्बर १२ मा रिलिज हुने भएको छ।-एजेन्सी/अन्नपूर्ण पोस्ट
प्रतिक्रिया