केही समय हनिमुनको योजना छैनः संजोग र बर्षा

ssapana44@gmail.com' jamuna aryal
४ फाल्गुन २०७५, शनिबार ०९:१२

काठमाण्डौँ – नायक संजोग कोइराला र नायिका बर्षा राउतले बिहिबार बिहे गरे । शुक्रबार भने उनीहरुले आफन्त र चलचित्रकर्मीलाई भव्य पार्टीको आयोजना गरे । बिहेको भव्य पार्टीमा पहिलो पटक मिडियासँग कुराकानी गर्दै दुई जनाले यति धेरै माया पाएको भन्दै खुशी व्यक्त गरे ।

बर्षाले भनिन्–‘अहिले नै हाम्रो कुनै योजना छैन । किनकी, मेरो अबको १० दिनपछि चलचित्र ‘जात्रै जात्रा’को छायांकन छ । बरु, मलाई भनिदिनुहोस् कि, यो मेहेन्दीको दाग कसरी हटाउने ?’ यस्तै, नायक संजोग कोइरालाले आफ्नो पनि केही नयाँ काम सुरु गर्नु परेको र बर्षाको पनि २ वटा चलचित्रको काम भएकाले केही समय हनिमुनको योजना नबनाएको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१