विल्सन र स्वप्न वाटिका च्याम्पियन

ssapana44@gmail.com' jamuna aryal
४ फाल्गुन २०७५, शनिबार ०९:१०

काठमाण्डौँ – विल्सन एकेडेमी र स्वप्न वाटिका तेश्रो भानु विन्टर कप बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेका छन् । विल्सनले सिनियर ब्वाइज तथा स्वप्न वाटिकाले सिनियर गल्र्सको उपाधि जिते । पानीपोखरीस्थित आयोजक भानुभक्त मेमोरियल स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा विल्सनले पिपुल्स एकेडेमीलाई ५६–५१ ले पराजित ग¥यो ।

विल्सनका पेम्बा शेर्पाले २६ अंक जोडे । गल्र्सको उपाधि भिडन्तमा स्वप्न वाटिकाले एचएचसीएलाई २२–१९ ले हरायो । स्वप्न वाटिकाकी प्रशंसा फडेराले १८ स्कोर गरिन् । ब्वाइजमा विल्सनका सुशान्त लामा तथा गल्र्समा स्वप्न वाटिकाकी प्रशंसत्र फडेरा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा मेरिडियन तथा गल्र्समा बाल मन्दिरले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा र भानुभक्तका प्रिन्सिपल बमबहादुर मोक्तानले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ २५ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १६ तथा गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१