पोखरा महानगरपालिकाले दुई करोड भाडा उठाउन सकेन

ssapana44@gmail.com' jamuna aryal
४ फाल्गुन २०७५, शनिबार ०८:५९

कास्की – पोखरा महानगरपालिकाले बिभिन्न स्थानका सटर र व्यापारिक भवनबाट दुई करोड ४७ लाख रुपैयाँ भाडा अझै उठाउन सकेको छैन । भाडा तिर्न आनाकानी गर्नेहरुलाई आइतबारबाट कारबाही सुरु गर्ने महानगरपालिकाले चेतावनी दिएको छ ।

महेन्द्रपुल, लेखनाथ, राष्ट्र बैंक चोक, मालपोत कार्यालय गरेर महानगरको एक सयभन्दा बढी सटर र सिर्जना चोकमा ३ तले व्यापारिक भवन पोखरा महानगरपालिकाले भाडामा लगाएको छ ।  ती सटरबाट मासिक निश्चित भाडा पाउने गरी सम्झौता पनि भएका छन् । तर विचौलियाको चलखेल र कर्मचारीको मिलेमतो हुँदा महानगरले वार्षिक करोडौं आम्दानी गुमाएको छ ।

४० वर्षअघि बनेका ती सटरहरु मर्मत भएका छैनन्, न त त्यसबाट उठेको आम्दानीको कुनै तथ्यांक नै छ । ती सटर तथा भवन ६० भन्दा बढी व्यक्ति तथा संस्थाले भाडामा प्रयोग गरिरहेका छन् ।

महानगरको सबै सटर प्रयोगकर्तालाई एक हप्ताभित्र भाडा तिरिसक्न महानगरले गत शुक्रबार एक हप्ताको समय दिएको थियो । तर महानगरले दिएको समयावधिमा कतिपय व्यक्ति तथा संस्था भाडा तिर्न आएका छैनन् । महानगरले तोकेको समयावधिका भाडा नतिर्ने कतिपय सम्पर्कमा आएर पनि तिरेका छैनन् त कतिपय सम्पर्कविहीन रहेको महानगर राजश्व शाखाले जनाएको छ ।

‘कुनैले आधा तिरेर बाँकी केही दिनमै तिर्ने गरी बक्यौता राख्नुभएको छ । उहाँहरुलाई हामीले छुट दिएका छौं,’ आन्तरिक लेखा परीक्षक रोमनाथ उपाध्यायले भने, ‘कत्तिपनि नतिर्नुभन्दा उहाँहरुलाई बिस्तारै नियमको दायरामा ल्याउन कोशिस गरिरहेका छौं ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१