१२ कक्षाको विज्ञान विषयको नतिजा सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ भाद्र २०७१, शनिबार १३:४१

काठमाडाै‌ , १४ भाद्र ।   उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को विज्ञान विषयको नतिजा प्रकाशित गरेको छ । परिषदका अनुसार ७० दशमलव ४३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । ३६ हजार ७ सय २७ जनाले जाँच दिएकोमा २५ हजार ८ सय ६६ जना पास भएका हुन् ।
परीक्षाको नतिजा एसएमएस गरेर पनि थाहा पाउन सकिन्छ । त्यसको लागि मोवाइलको म्यासेज बक्समा गएर एच एस इ बी टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखी ५५ ६६ मा एसएमएस गर्नुहोला ।HSEB
अरु विषयको नतिजा पनि आउँदो असोज ९ गतेभित्र आइसक्ने परिषदका प्रवक्ता नारायण कोइरालाले जानकारी दिनुभयो ।
गएको वैशाखमा भएको परीक्षाको नतिजा ढिलो गरी प्रकाशित भएको हो । परिषदका अनुसार गएको जेठमा २५ दिन उच्चमाध्यमिक शिक्षक संघ (हिस्टान)को तालाबन्दीले उत्तरपुस्तिका परीक्षण गर्न नपाएका कारण नतिजा सार्वजनिकमा ढिलाई भएको हो । परिषदको नियमअनुसार परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशित गर्नुपर्छ ।

प्रतिक्रिया