बिग ब्याश लिग: सेमिफाइनलमा सन्दीप विकेटविहीन

ssapana44@gmail.com' jamuna aryal
२ फाल्गुन २०७५, बिहीबार १६:२७

काठमाण्डौँ – बिग ब्याश लिगमा सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले ब्याट फ्लिप गरेर पहिले बलिङ गरेकाे छ ।

नेपाली युवा बलर सन्दीप लामिछाने बिग ब्याश लिगको सेमिफाइनल खेलमा विकेटविहीन बनेका छन् ।

उनले चार ओभरमा ३१ रन खर्चिए पनि कुनै विकेट लिन सकेनन् ।

टिमको छैटौ तथा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले नौ रन दिए । उनले पहिलो बलमा एक रन दिए भने दोस्रो बल डट फाले । तेस्रो बलमा भने चौथो प्रहार भयो । त्यसपछिका दुई बलमा एक एक रन दिएका उनले अन्तिम बलमा दुई रन दिए ।

होबर्टमा जारी खेलमा घरेलु टिमविरुद्धको सेमिफाइनल खेलका लागि नेपाली युवा बलर सन्दिप लामिछाने प्लेइङ सेटमा परेका छन ।

सन्दीपले लिग चरणको अन्तिम खेलमा ११ रनमात्र खर्चिएर तीन विकेट लिएका थिए । जसका कारण मेलबर्न सेमिफाइनलमा पुगेको थियो । यसअघिको खेलमा मैदानमा उतारेको टिममा मेलबर्नले निक लार्किनको स्थानमा चोटग्रस्त ज्याक्सन कोलम्यान परेका छन् ।

एकदिवसीय र टी-२० सिरिजमा नेपालका उपाधि दिलाउँदा महत्वपूर्ण सदस्य रहेको सन्दिपले त्यसअघि बिग ब्याश लिगमा उत्कृष्ट प्रदर्शन गर्दै चार खेलमा ८ विकेट लिएका थिए । त्यसपछि फेरी नेपालको सिरिज खेलेर अष्ट्रेलिया पुगेका उनले पहिलो खेलमा केही महंगो बलिङ गरेका थिए । तर लिग चरणको अन्तिम खेलमा सन्दीपले उत्कृष्ट बलिङ गर्दै मात्र ११ रन खर्चिएर तीन विकेट हात पारेका थिए ।

त्यसपछि व्यक्तिगत दोस्रो ओभरमा उनले झन राम्रो बलिङ गरे । सो ओभरमा उनले मात्र ६ रन दिए । उनको बलमा ब्याट्सम्यानले जाेखिम लिन नखोजी एक एक रन बटुले ।

तेस्रो ओभरमा सन्दीपले मात्र चार रन दिए । त्यसपछि व्यक्तिगत चौथो ओभरकाे पहिलो बलमा उनले चौका खान पुगे । त्यसपछि एक रन दिएका उनले तेस्रो बल डट गरे । चौथो बलमा फेरि एक रन खर्चिएका सन्दीपले पाँचौ बलमा दुई रन दिए भने अन्तिम बलमा चौका खान पुगे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१