संजोग र बर्षाले गरे इन्गेजमेन्ट

ssapana44@gmail.com' jamuna aryal
२९ माघ २०७५, मंगलवार १९:१२

नायक संजोग कोइराला र नायिका बर्षा राउतले इन्गेजमेन्ट गरेका छन् । यो जोडीले सोमबार इन्गेजमेन्ट गरेको हो । इन्गेजमेन्टमा बर्षा र संजोगकको परिवार मात्र उपस्थित थिए । यो जोडीले फागूण २ गते प्रेमदिवसको अवसर पारेर बिहे गर्दैछ । बिहेमा पनि आफन्तलाई मात्र निमन्त्रणा गरिएको छ ।

यो जोडीले फागूण ३ गते भने काठमाण्डौमा चलचित्रकर्मीका लागि पार्टीको आयोजना गरेको छ । बिहेपछि यो जोडीले आफ्नो नामलाई समेत मिलाएर एउटै नाम बनाएको छ । अब यो जोडीको नाम ‘सन्सा’ राखिएको छ । बलिउडबाट सुरु भएको यो शैली नेपालमा पनि अहिले व्याप्त छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१