संविधानको भावनाअनुरुप बजेट विनियोजन गर्न आग्रह

ssapana44@gmail.com' jamuna aryal
२९ माघ २०७५, मंगलवार १४:३६

काठमाडौं राष्ट्रियसभाको मंगलवारको बैठकमा सांसदहरूले सिंहदरबार प्रवेशद्वारमा पैदाल यात्रुलाई परेको अप्ठ्यारो, प्लास्टिक झोलाको नियन्त्रण तथा क्रसर उद्योगले प्राकृतिक संरक्षणमा पारेको असरका बारेमा सदनमार्फत् सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा सांसद विन्दादेवी आलेमगरले मुलुक संघीयतामा प्रवेश गरिसकेको अवस्थामा समेत संविधानको भावनाअनुरुप समानुपातिक र समावेशी सिद्धान्तका आधारमा अझैं बजेट विनियोजन गर्ने परिपाटीको शुरूवात किन भएन भनी प्रश्न गरे । 

उनले भने, ‘विकासका आयोजना पनि समानरुपले अघि बढाउनु आवश्यक छ, कहीँ एकपछि अर्का आयोजना राखिएको छ, भने कतै एउटै पनि पूर्वाधार निर्माणका आयोजना पर्न सकेका छैनन् ।’

सांसद रामप्रित पासवानले संवैधानिक आयोगमा अध्यक्ष नियुक्ति गरिरहँदा दलित आयोगको कानून बनाउने तरखर पनि किन नभएको हो भनी प्रश्न गरे । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१