कर्मचारीलाई आफूखुसी कार्यक्रममा जान रोक

ssapana44@gmail.com' jamuna aryal
२९ माघ २०७५, मंगलवार ०९:४७

काठमाडौंशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका कर्मचारीलाई आफूखुसी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कार्यक्रममा जान रोक लगाएको छ । व्यक्तिगत पहुँचमा कर्मचारी मनपरी रूपमा बाहिरी कार्यक्रममा जाने र विचार व्यक्त गर्ने प्रवृत्ति बढेपछि मन्त्रालयले त्यसमा अंकुश लगाएको हो ।

व्यक्तिगत पहुँचमा यस्ता कार्यक्रममा जानु आचारसंहिताविपरीत रहेको मन्त्रालयको दाबी छ । साथै कार्यक्रममा आफूखुसी गएर कर्मचारीले व्यक्त गरेका विचार मन्त्रालयको आधिकारिक भनाई नहुनेसमेत उसले मातहतका निकायलाई जारी गरेको निर्देशनमा उल्लेख छ ।

कार्यक्रममा जानुपर्ने भए सम्बन्धित कर्मचारीले आफ्नो कार्यालय प्रमुखलाई अनिवार्य निमन्त्रणापत्र देखाउनुपर्ने र सान्दर्भिक भए मात्र कार्यक्रममा जान अनुमति दिने मन्त्रालयका सचिव खगराज बरालले हस्ताक्षर गरेको निर्देशनमा उल्लेख छ । आयोजकले पठाउने निमन्त्रणापत्र पनि व्यक्तिलाई नभई संस्थागत रूपमा सम्बोधन गरेको हुनुपर्नेछ ।

व्यक्तिविशेषलाई किटान गरेर आएको पत्रमा सम्बन्धित विभागले कुनै कारबाही नगर्ने मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय मन्त्रालय तथा मातहतका कर्मचारी स्वदेशी तथा विदेशी संस्थाले आयोजना गर्ने कार्यक्रममा अतिथिका रूपमा सहभागी हुने र समसामयिक विषयमा आफ्नो धारणा राख्ने प्रवृत्ति बढ्दै गएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१