महिनावारी सुकेको ४ बर्ष पछी ५४ वर्षमा जुम्ल्याहा टेस्टट्युब बेबी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०७५, मंगलवार ०७:३०

काठमाडौँ – काठमाडौं निवासी ५४ वर्षीया एक महिलाले आइतबार साँझ अल्का अस्पताल जाउलाखेलमा जुम्ल्याहा टेस्टट्युब बेबी जन्माउनुभएको छ, त्यो पनि महिनावारी सुकेको चार वर्षपछि । यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छिन् ।

ती नवजात शिशुमध्ये छोरा १ दशमलव ४ केजी र छोरी १ दशमलव ६ केजीका छन्। दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

महिनावारी सुकेको ४ वर्षपछि आमा बन्न सक्छु कि सक्दिनँ भनेर एक वर्षअघि आईभी एफ तथा प्रसूति विशेषज्ञ डा. नूतन शर्माको क्लिनिकमा पुग्नुभएकी ती महिलालाई उहाँको टोलीले बेस्ट ट्रिटमेन्ट गरेर २ सन्तानकी आमा बनाई अपार खुसी दिएर पठाएको छ ।

महिनावारी बन्द भएपछि बच्चा जन्माउनु निकै ठूलो चुनौती र आश्चर्यको कुरा हो । तर अल्का अस्पतालमा सञ्चालित आईभीएफ टेस्टट्युब बेबी विभागका प्रमुख तथा स्त्रीरोग विशेषज्ञ डा. शर्माको टोली त्यसमा सफल भएको छ ।

ती महिलालाई औषधिको माध्यमबाट पुनः महिनावारी गराई पाठेघर सक्रिय पारेर ८ महिनाअघि टेस्टट्युब बेबी राख्ने प्रक्रिया अपनाइएको थियो ।

ती महिलाको नाम नाम तत्काल गोप्य राखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१