रियल मड्रिडले उत्कृष्ट पुनरागमन

ssapana44@gmail.com' jamuna aryal
२७ माघ २०७५, आईतवार ०९:०२

मड्रिड – स्पेनिस ला लिगामा निरन्तर पछि परिरहेको रियल मड्रिडले उत्कृष्ट पुनरागमन गरेको छ ।  शनिबारको खेलमा बलियो प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडलाई उसकै मैदानमा ३–१ ले पराजित गरी रियल मड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिन सफल भएको छ । 

रियलको महत्वपूर्ण जितका लागि कस्मिरो, रामोस र बेलले एक–एक गोल गरे । कस्मिरोले १६ औं मिनेटमा गोल गरी रियललाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यो अग्रता धेरै बेर रहेन एथ्लेटिको मड्रिडका लागि ग्रिजम्यानले २५ औं मिनेटमा गोल गरी खेल बराबरी बनाए ।

रियल मड्रिडले पहिलो हाफकाो उत्तराद्र्धतिर पेनाल्टीको अवसर पायो । खेलको ४२ औं मिनेटमा कप्तान रामोसले त्यसलाई गोलमा परिणत गर्दा पहिलो हाफमै रियल २–१ को अग्रता बनाउन सफल भयो । बेलले ७४ औं मिनेटमा गोल गरी रियलको अग्रता ३–१ बनाए ।  रियल मड्रिडको निरन्तरको आक्रमण र अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएपछि एथ्लेटिको खेलमा फर्किन सकेन । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१