फिदिम- पाँचथरको फाल्गुनन्द गाँउपालिका अध्यक्ष अमरकुमार नेम्वाङको ७८ वर्षको उमेर निधन भएको छ। शनिबार वडा नं. ५ घुर्बिसे पञ्चमीमा आयोजित क्षमता विकास तालिमको उद्घाटन मन्तव्यपछि अचेत भएका नेम्वाङलाई उपचारका लागि इलाम अस्पताल लगिएको थियो। उपचारमा संलग्न चिकित्सक पवनजंघ रायमाझीले नेम्वाङलाई मृत घोषणा गरेको पालिकाका प्रमुख प्रशासयकीय अधिकृत अनिल खत्रीले जानकारी दिए।
मन्तव्यपछि अचेत भएका नेम्वाङलाई उपचारका लागि इलाम लगिएको थियो। अस्पताल पुग्दा उनको मृत्यु भइसकेको चिकित्सक रायमाझिले जानकारी दिए।नेम्वाङ नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वारी दिएर अध्यक्षमा निर्वाचित भएका थिए।
उनले २०४९ र २०५४ सालमा पौवासारतापको गाविस अध्यक्षमा निर्वाचित भएर काम गरेका थिए।नेम्वाङले ‘साँझको अवसान तरेलीहरु’ कविता संग्रह र ‘अमेरिका भ्रमणका केही सम्झनाहरु’ संस्मण साहित्यिक कृति प्रकाशित छन्।
प्रतिक्रिया