प्रचण्डको बोली फेरियो, ओली परे तनावमा

ssapana44@gmail.com' jamuna aryal
२७ माघ २०७५, आईतवार ०८:३५

काठमाडौैं– प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सञ्चालन प्रभावकारी नभएको र पार्टी एकता प्रक्रियाले गति लिन नसकेको भन्दै असन्तुष्टि चुलिदै गएको छ । 

पार्टी एकता भएको नौ महिनासम्म प्रधानमन्त्री ओलीलाई साथ दिएका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कार्यशैलीको खुलेरै आलोचना गरेको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ । 

खासगरी भेनेजुएलाको विज्ञप्ती प्रकरणपछि अध्यक्षद्धय ओली र प्रचण्डबीच तनाब बढ्दै गएको देखिन्छ । प्रधानमन्त्री ओलीले प्रचण्डले विज्ञप्ती निकाल्न हतारो गरेर चिप्लिएको भन्ने अभिव्यक्ति दिए पनि प्रचण्डले त्यसप्रति आफू अडिग रहेको भनाइ दोहो–याएका छन् । एकतालाई टुंगोमा पु¥याउन गठित कार्यदलले काम गर्न नसकेर अनिर्णयको बन्दी भइरहेको बेला यी दुई अध्यक्षमा देखिएको विवादले एकता झन् जटिल र अन्यौल बन्दै गएको छ ।

दुई अध्यक्ष गम्भीरतापूर्वक लागेको भए एकताको गाँठो छिट्टै फुक्ने थियो, सचिवालयका एक सदस्यले भने,‘उहाँहरुकै स्वार्थका कारण कार्यकर्तामा निराश थपिएको छ ।’ नौ महिनासम्म पार्टीको सांगठानिक संरचनाले पूर्णता नपाउदा एकताले गति पक्रिन सकेको छैन, शीर्ष नेतृत्व नै मि

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१