मिसेस नेपाल टुरिजममा छिरिङ्ग डोल्मा

ssapana44@gmail.com' jamuna aryal
२६ माघ २०७५, शनिबार १९:०५

काठमाडौं – ‘मिसेस नेपाल टुरिजम २०१९’ को ताज छिरिङ्ग डोल्मा शेर्पाले चुमेकी छन् । स्टार वन इन्टरटेनमेन्ट प्रालीले विवाहित महिलाहरुका लागि आयोजना गरेको यो प्रतियोगिता उनले बेस्ट हेयर उपाधि समेत हात पारेकी छन् ।

प्रतियोगितामा संगीता खड्का पौडेल फस्ट रनर्सअपका साथ मोस्ट ट्यालेन्ट चुनिदा इन्दिरा लामिछानेले सेकेन्ड रनर्सअपका साथमा बेस्ट पर्सनालिटी अवार्ड थापिन् । कार्यक्रममा मुक्ता सेडाई थर्ड रनर्सअप र वेष्ट स्कीन विजेता बनिन् ।

प्रतियोगितामा संगीता गौतम पब्लिक च्वाईसका साथमा भिवर्स च्वाईस र फेसबूक च्वाईस भइन् भने रोशनी अयर युट्युब वेष्ट भ्युज र मष्ट फोटोजेनिक, नम्रता लामिछाने बेस्ट ¥यामवक, सबिता थापा गिरी बेस्ट कन्जीनियलिटी, कर्सन राई मष्ट गर्जियस र समिक्षा लामिछाने मिसेस व्युटिफुल भए ।

कोरियोग्राफर अश्विनी झाको सञ्चालन र कोरियोग्राफी रहेको प्रतियोगितामा अभिनेता गजित विष्ट, अभिनेत्री अरुणा कार्की, पेन्टागन कलेजका डाइरेक्टर डा. एसपी सिंह र सञ्चारकर्मी विकास थपलिया निर्णायक रहेका थिए ।  

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१