चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघ मृत फेला

ssapana44@gmail.com' jamuna aryal
२६ माघ २०७५, शनिबार १४:४०

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।

राप्ती नदी किनारस्थित जर्नेलीघाटमा करिब १३ वर्षको वयस्क भाले बाघ मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए । मृत बाघको शरीरमा घाउ नै घाउ भेटिएकाले अर्को भाले बाघसँग जुधेर मरेको हुन सक्ने घिमिरेको अनुमान छ ।

राप्ती नदीमा माछा मार्न गएका स्थानीयवासीले मृत बाघलाई देखेपछि निकुञ्जलाई खबर गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१