बनेपाको आइटीपार्कमा राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट राखिने

ssapana44@gmail.com' jamuna aryal
२६ माघ २०७५, शनिबार १४:२८

काभ्रे – सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले बनेपाको आइटीपार्कमा राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट राखिने बताउनु भएको छ । बनेपा नगरपालिका ६ बुडोलमा आज शहीद सडकको शिलान्यास गर्दै उहाँले बनेपास्थित सूचना प्रविधि पार्क (आइटी पार्क)मा आउँदो वर्ष राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी प्रेस पास) राखिने बताउनु भएको हो ।

सरकारले विकास निर्माणको कार्यमा तिब्रता दिएको बताउदै लामो समय देखी आईटी पार्कको सही सदुपयोग नभए पनि आगामी वर्ष पार्कको क्षमता अभिबृद्धि गर्ने बताउनु भएको हो ।

मन्त्री बास्कोटाले बनेपा नगरपालिकाको समग्र विकासमा हाललाई रु ६ करोड दिइएको अवगत गराउदैँ अबको केही समयपछि रु चार करोड थपिदिने बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१