मुस्ताङमा भारी हिमपात जनजीवन अति कष्टकर

ssapana44@gmail.com' jamuna aryal
२६ माघ २०७५, शनिबार १४:१३

मुस्ताङ – मुस्ताङमा भारी हिमपातको प्रत्यक्ष प्रभाव जीव जनवारहरुलाइ पारिरहेको छ । खासगरी हिमाली लेकमा चर्ने चौरी, भेडा, बाख्रा लगायतका जनावरहरुलाई असर पुर्याईरहेको छ ।

मुस्ताङमा करिब दर्जनभन्दा बढि चरणहरु रहेका छन् । मुस्ताङको थासाङ गाउँपालिकादेखि उपल्लो मुस्ताङको लोमान्थाङ आसपासका क्षेत्रहरूमा गरि दर्जन बढी हिमाली चरणहरुमा चर्ने धेरै जनावर लगायत चौरी र भेडाबाख्राहरुलाई हिमपातका कारण चरनमा लानसक्ने अवस्था छैन ।

अत्यधिक मात्रामा हिमपात भएपछि त्याँको जनवार लगायत स्थानीय नागरिको जनजीवन कस्टकर बन्दै गएको छ । यसभन्दा अघिल्लो पटक परेको हिमपातले गर्दा चाैरीहरूलाइ गाउँ नजिकका लेक खर्कहरुमा झारिएको थियो । थासाङ गाउँपालिका २ सौरुका चौरिपालक कृषक सोजन हिराचनले केहि दिन अघि मात्र ३० ओटा भन्दा बढी चौरीहरु मरेको बताएका छन् ।

अत्यधिक चिसोका कारण उनीहरूलाइ बेसी झार्दा सँगसँगै बाघ, भालु जस्ता हिंस्रक जनावरहरु पनि भःर्ने गरेको उनकोे भनाई छ । खानेकुरा केहि नपाउदा उनीहरूको सिकार भनेको त्यहीँ चौरी र भेडाहरुहुने गरेको उनले बताए । कमाइ गरी खाने एकमात्र पेसा पनि अत्यन्तै जोखिमयुक्त भएको छ । हामीलाई अहिले बारम्बार यहि कुराको डर छ । कतिबेला बाघले तहसनहस बनाउने हो – उनले बताए ।

बाक्लो हिउँका कारण चौरी र भेडा मात्र होइन बाघ भालु पनि हिमालमा बस्न नसक्ने चौरी पालक समुहका अध्यक्ष राजेन्द्र शेरचनले बताए । हामीलाई यतिबेला धेरै नै समस्या भएरहेको छ। कतिबेला बाघ भालुले सबै चौरिहरु सखाप पार्ने हो थाहा छैन शेरचनले बताए । उता बाघ भालु सँगै हिउँ पहिरोको पनि डर भएको उनले बताए ।



प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१