सन्दीपकाे टिम मेलबर्न स्टार्सले ब्रिज्बेन हिटलाई दियाे १५७ रनकाे लक्ष्य

ssapana44@gmail.com' jamuna aryal
२५ माघ २०७५, शुक्रबार १७:४१

काठमाण्डौँ – बिग ब्याश लिगमा सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले ब्रिज्बेन हिटलाई एक सय ५७ रनको लक्ष्य दिएको छ ।

ब्रिज्बेनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मेलबर्नले २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । उसका लागि मार्कस स्टोइनिसले ८१ रन बनाए भने डीजे ब्राभोले २१ रन बनाउँदा बाँकी खेलाडी सस्तैमा आउट भए ।

बंगलादेश प्रिमियर लिग र यूएई विरुद्धको अन्तराष्ट्रिय सिरिज खेलेर बिग ब्याशमा पुगेका सन्दीप आज प्लेइङ ११ मा परेका छन् भने उनकाे टाेलीले बलिङ पनि सुरु गरिसकेकाे छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१