धनकुटा – धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ८ अठारसयमा मोटरसाइकल सिक्ने क्रममा दुर्घटनामा परी एक युवकको ज्यान गएको छ ।
मोटरसाइकल सिक्नको लागि मासिमटारबाट अठारसय जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय २४ वर्षीय मिलन कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो ।
को १५ प ३७६४ नम्बरको मोटरसाइकल सिक्नको लागि अठारसयतर्फ जादै गर्दा अठारसय नजिकको खोलामा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिहीबार राति मृत्यु भएको प्रहरीले बताएको छ ।
कच्ची सडकमा कार्कीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब १५ मीटर तल खस्दा कार्कीको टाउकोमा गम्भीर चोट लागेको थियो ।
प्रतिक्रिया