बेलायती राजकुमारीको जीवनशैली आम नेपाली महिलाको जस्तै

ssapana44@gmail.com' jamuna aryal
२५ माघ २०७५, शुक्रबार १७:३०

लण्डन बेलायती राजकुमारी मेगन मार्केलको जीवनशैली झण्डै आम नेपाली महिलाको जस्तै छ भन्दा धेरै दंग पर्छन् । पिपुल म्यागजिनले मेगनबारे आफ्नाे पछिल्लाे अंककाे कभर स्टाेरी नै तयार पारेकाे छ । उक्त रिपाेर्टमा भनिए अनुसार मेगन किचनमा बसेर आफैँ खाना बनाउँछिन् । उनी तालिमप्राप्त सेफ वा वेटरको सहायता लिन्नन् । र यो उनको नियमित तालिका जस्तै हो ।

त्यसो त आम मान्छेले सोचे झैँ उनको ‘दरबारिया’ जीवनशैली छैन । हालै मेगन सामान्य तरिकाले गरिएको एक नागरिकको विवाह पार्टीमै सहभागी भइन् । यस्तो लाग्छ कि, पूर्व हलिउड अभिनेत्री समेत रहेकी मेगन राजकुमारकी पत्नी भन्दा पनि आम महिला नै हुन् ।

उनका तडकभडक रहित जीवनशैलीले नै उनलाई यति सरल देखाएको मिडियाहरुको टिप्पणी छ । यतिसम्म कि, ह्यारी र मेगन ‘इंगेजमेन्ट’देखि नै दरबार बाहिर नटिंघम कटेजमा आम नागरिक झैँ बस्दैआएका छन् । जुन सानो र सरल छ ।

मेगनका निकटस्थहरुका अनुसार उनी सौन्दर्य तालिकामा पनि खासै मतलव गर्दिनन् । पिपुलले मेगन र ह्यारीका निकट मित्रको भनाई उद्धृत गरिएको छ । ती मित्रले भनेका छन्, ‘पछिल्लो महिना म उनीसँगै थिएँ । उनी एउटा सार्वजनिक इंगेजमेन्ट कार्यक्रममा जाँदै थिइन् । ह्यारी र म उनीहरुको कुकुरसँग बसेर गफिँदै थियौँ । मेगन चाहीँ आफ्नो नङ रंग्याउँदै थिइन् ।’ ती मित्रका अनुसार मेगन विवाहमा बाहेक आफ्नो मेकअप पनि आफैँ गर्छिन् ।

पछिल्लो साता मात्रै मेगनले यौनकर्मी महिलाहरुलाई सान्त्वना दिन भन्दै केही फलफूल बितरण गरेकी थिइन् । त्यहाँ उनले सकारात्मक सन्देश समेत लेखेर उपहार स्वरुप दिएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१