दुर्घटनाग्रस्त विमानको अवशेषमा भेटियो कार्डिफ सिटीका फुटबलर सालाको शव

ssapana44@gmail.com' jamuna aryal
२५ माघ २०७५, शुक्रबार १६:१४

एजेन्सी – प्रहरीले दुर्घटनाग्रस्त विमानबाट फेला परेको शव कार्डिफ सिटीका खेलाडी एमिलियानो सालाको भएको पुष्टि गरेको छ । 

२८ वर्षीय फुटबलर एमिलियानो साला पाइलट डेविड इब्बोटसनसँग विमानमा कार्डिफको यात्रा गरिरहेका थिए । २१ जनवरीबाट उनी हराइरहेका थिए ।

बुधबार अबेर मात्र उनको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार रातिमात्र शवको पुष्टि भएको हो ।

अनुसन्धानमा संलग्न अधिकारीले शरीरलाई पोर्टल्याण्ड पोर्टमा ल्र्याएको र परीक्षण गर्दा व्यवसायिक फुटबलर सालाको औपचारिक रुपमा पहिचान खुलेको बताएका छन् । गएको सोमबार विमानमा शव देखिएको थियो । निकै चुनौतीपूर्ण रुपमा अधिकारीले शवलाई प्राप्त गर्न सफल भएका बताएका छन् ।

हवाई दुर्घटना अनुसन्धान शाखाले सम्भव भएअनुसार शवलाई निकालिएको र सबै समय परिवारलाई जानकारी गराइएको बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१