काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रर्दशनी’ सुरु

ssapana44@gmail.com' jamuna aryal
२५ माघ २०७५, शुक्रबार १६:०५

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रर्दशनी’ सुरु भएको छ ।

निर्माण सामग्रीहरुको अन्तर्राष्ट्रिय प्रर्दशनी ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रर्दशनी’ को शुक्रबार सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

निर्माण सामग्रीहरुबारे एकैथलोमा विस्तृत जानकारी दिने उद्देश्यका साथ प्रर्दशनी आयोजना गरिएको प्रर्दशनीका  संयोजक सृजल भट्टराईले जानकारी दिए । ३ दिनसम्म चल्ने प्रर्दशनीमा ७० वटा स्वदेशी र ७० वटा विदेशी कम्पनीहरुले स्टल राखेका छन ।

निर्माणसम्बन्धि नयाँ–नयाँ प्रविधिबारे प्रर्दशनीमा जानकारी लिने व्यवस्था पनि गरिएको छ । निःशुल्क प्रवेश गर्न पाउने प्रदर्शनीमा घर बनाईरहेकाहरुलाई आवश्यक ढोका, झ्याल, टवाईलेटका आवश्यक सामग्रीहरु विशेष छुटका साथ पाउने व्यवस्था पनि गरिएको संयोजक भट्टराईले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१