उच्च भू–भागमा हिमपात, तल्लो क्षेत्रमा वर्षा: सञ्चार अवरुद्ध

ssapana44@gmail.com' jamuna aryal
२५ माघ २०७५, शुक्रबार १५:४०

दार्चुला– दार्चुलामा मौसममा देखिएको परिवर्तनसँगै जिल्लाको सञ्चार अवरुद्ध भएको छ । बिहीबार बिहानदेखि उच्च भू–भागमा हिमपात तथा तल्लो क्षेत्रमा वर्षा भएपछि जिल्लाको फोन सञ्चार अवरुद्ध भएको हो । 

जिल्लाभरि दर्जन बढी नेपाल टेलिकमका टावर सञ्चालनमा छन् । स्काई र नमस्तेका सबै टावरले दिनभर काम गरेको छैन । जिल्लाको मुख्य रिपीटरटावरमै विद्युत् नहुँदा जिल्लाभरि सञ्चार अवरुद्ध रहेको हो । डडेल्धुराबाट दार्चुलाको बालशिखर रिपीटरटावर भएर जिल्लाभरिको सञ्चार हुने गर्छ । तर मुख्य टावर नै घामको भरमा सञ्चालन हुने भएपछि जिल्लाभरि सञ्चार अवरुद्ध रहेको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए । 

मालिकार्जुन–२ स्थित बालशिखर टावरमा जिल्लाको मुख्य रिपीटरटावर हो । टावर सोलार सिस्टममार्फत चल्दै आएको छ । तर बुधबारदेखि घाम लाग्न छाडेपछि सोलारले काम गरेको छैन्, गुरुङले भने। नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन विस्तारमा लापरवाही गरेपछि जिल्ला सञ्चारविहीन भएको हो । 

हालसम्म जिल्लामा आधा दर्जन टेलिकम टावरमा मात्रै विद्युतीकरण पुगेको छ । त्योबाहेकका सबै टावर घामको भरमा सञ्चालनमा छन् । 

अझै केही दिन घाम नलाग्ने हो भने टेलिफोन सेवा अवरुद्ध हुनसक्छ उनले भने । घामको विकल्प केही नभएपछि सञ्चार अवरुद्ध रहेको हो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१