प्रदेश छनोट फागुन पहिलो साता

ssapana44@gmail.com' jamuna aryal
२५ माघ २०७५, शुक्रबार ०८:४७

काठमाण्डौँ – प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदको प्रदेश छनोट प्रतियोगिता फागुन पहिलो सातादेखि हुने भएको छ ।

आठौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतमा सातदोबाटोमा बिहीबार बसेको बैठकले प्रदेश छनोट फागुन ३ देखि १७ गतेसम्म आयोजना गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।

प्रत्येक प्रदेश छनोटको उद्घाटन समेत सम्बन्धित प्रदेशको जिल्लामा हुनेछ । बैठकले आठौं राष्ट्रिय खेलकुद सञ्चालनका लागि खर्च हुने करिब ४७ करोड बजेट पनि विनियोजनका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै खेलाडी दुर्घटना विमा पनि गरिने भएको छ ।

ओलम्पिक टर्चलाई प्रदेश १ को विराटनगरदेखि परिक्रमा गराइ प्रत्येक प्रदेशमा ओलम्पियनहरुलाई समेत सहभागी गराइ नेपालगन्जसम्म पु¥याउने निर्णय भएको छ । प्रदेश छनोटको खेलस्थल पनि बैठकले टुंगो लगाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१