भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लूका कारण ११ को मृत्यु

ssapana44@gmail.com' jamuna aryal
२३ माघ २०७५, बुधबार ०९:२४

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लूका कारण यस वर्षको सुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्कमा जनाइएको छ । 

तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लू प्रभावित एक हजार ११ बिरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण सार्वजनिक रूपमा प्रचार नगरिकन निदानको प्रयास भइरहेको एक सरकारी अस्पतालका चिकित्सकले बताएका छन् । 

गत वर्ष स्वाइन फ्लूका बिरामीको सङ्ख्या २०५ रहेको र दुई जनाको मृत्यु भएको थियो । यस वर्ष उक्त सङ्ख्या निकै धेरै देखिएको बताइएको छ । जनवरी २९ सम्म स्वाइन फ्लूका विबामीको सङ्ख्या ५१२ रहेकोमा करिब एक हप्ताको समयमा बिरामीको सङ्ख्यामा दोब्बर देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१