चीनमा वसन्त चाडको रौनक

ssapana44@gmail.com' jamuna aryal
२३ माघ २०७५, बुधबार ०९:०१

पइचिङ – यतिबेला चीनमा वसन्त चाडको रौनक छ। जताततै राता रंगका लालटिन र यस्तै सजावटले सिँगारिएको छ, चीन। वसन्त चाडसँगै चिनियाँले आफ्नो परम्परागत नयाँ वर्षको स्वागत गर्छन्। माघ २२ गते चिनियाँहरूको नयाँ वर्ष हो। चिनियाँले कुकुर वर्ष बिदा गरी सुँगुर वर्षलाई स्वागत गरेका छन्। यही बेला नेपालमा पनि नयाँ वर्षको रूपमा ल्होसार मनाइयो।

चिनियाँहरूका लागि पौराणिक कथाहरूको पात्रको रूपमा सुँगुर निकै प्रिय छ। हाल चर्चित अंग्रजी कार्टुन ‘पेप्पा पिग’ले पनि चिनियाँको मन जितेको छ र साथै सुँगुुरका मासुका परिकार पनि चिनियाँको दैनिकीसँग जोडिएको छ। त्यसैगरी चिनियाँ अक्षरमा घरपरिवार जनाउने अक्षर वा शब्दमा समेत सुँगुरको अक्षर मि िश्रत छ। हरेक बाह्र वर्षमा एकपटक आउने यी जनावर अंकित चिनियाँ वर्षले नेपाली नामकरण वा अंग्रेजीको जन्म मितिअनुसारको राशिको जस्तै विशेषता बोकेको हुन्छ। यो वर्ष जन्मिने सबै सुँगुुर वर्गमा पर्छन्। यो बाह्र जनावरमा अन्तिम हो र चिनियाँहरू सुँगुरलाई खुसी र सौभाग्यको रूपमा लिन्छन्।

यी बाह्र जनावरको आ–आफ्नै महत्व र विशेषता भए पनि हरेक वर्षको वसन्त चाड भने सधैँ उस्तै राताम्मे हुने गर्छ। बजारहरू चाड नजिकिएसँगै झकिझकाउ र भरिभराउ हुन्छ भने नयाँ वर्षको दिन अघिपछि जताततै शून्य हुन्छ र लगत्तै पर्यटकीय स्थल र पार्कमा मानिसको भीड लाग्ने गर्छ। यसरी चिनियाँले परम्परागत चलनअनुसार नयाँ वर्षभन्दा पनि १५ दिनअघि घरको सरसफाइ गर्दै भान्छादेवको पूजाबाट शुरु गरी चाडलाई खान्की तयार पार्ने, घर सजाउने र नयाँ वर्षको पूर्वसन्ध्यामा सपरिवार बसेर मम खाने, पटाका पड्काउने र देशविदेश भ्रमण गरी नयाँ वर्षपछिको १५ दिनमा रसभरि चाड वा लालटिन पर्वसँगै वसन्त चाडलाई बिदा गर्छन्।

बेइजिङमा काम गर्दै आएका पुजव प्रधान भन्छन्, ‘आफ्नो वरिपरि सबै शून्य हुन्छ अनि अहिले घुम्ने समय पनि होइन जताततै मानवसागर उर्लेको हुन्छ। त्यही भएर म त केही दिन थप बिदा मिलाएर नेपाल फर्कँदै छु।’

यो वसन्त चाड चिनियाँहरूको सबैभन्दा ठूलो चाड हो, यो पारिवारिक पुनःमिलनको पर्व हो। आफ्नो गाउँघर छोडेर कामका लागि गएका अधिकांश चिनियाँ फर्कन्छन्। त्यसैले वसन्त चाडको अवधिलाई विश्वकै सबैभन्दा विशाल मानव स्थानान्तरण पनि भनिन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१