कसरी मेकअप गर्ने ? ध्यान दिनुस् यस्ता कुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ माघ २०७५, बुधबार ०५:२४

अरूभन्दा फरक देखिने चाहना सबैको हुन्छ । त्यसैले ड्रेस, मेकअप गर्दा होसियारी अपनाउनुपर्छ । यसका लागि सुहाउँदो मेकअप गर्नुपर्छ । आफू कुन स्थान जाँदै छु भन्ने कुराको ख्याल गरेर मेकअप गर्नुपर्छ । बिहे पार्टीमा जाँदा गर्ने मेकअप र कुनै औपचारिक कार्यक्रममा जाँदा गर्ने मेकअप धेरै भिन्न हुन्छ । मेकअप गर्दा बजारमा पाइने जुनसुकै क्रिम लगाउनु हुँदैन । बजारमा पाइने जुनसुकै क्रिम लगाउँदा अनुहारमा विभिन्न रोग, डन्डिफोर, एलर्जी, दागहरू देखिन सक्छन् । त्यसैले मेकअपका सामान किन्दा सही र राम्रो खालको मात्रै प्रयोग गर्नुपर्छ ।

नमिता शर्मा, लुजा मेकअप स्टुडियो एन्ड स्किन केयर सेन्टर
मान्छेको आँखा सबैभन्दा पहिले अनुहारमा पर्ने भएकाले सिम्पल र सुहाउँदो मेकअप गर्नुपर्दछ । अनुहारलाई सुहाउने मेकअप गर्नुपर्छ । धेरै भद्दा मेकअप राम्रो हुँदैन ।

मेकअप स्प्रे गर्न सकिन्छ । यसो गर्दा लामो समयसम्म मेकअप रहन्छ । वाटरप्रुफ फाउन्डेसन, मस्कारा, लिपस्टिक, आइस्याडोजस्ता मेकअपका सामान प्रयोग गर्नुपर्छ ।

धेरै कलरफुल आइस्याडो पनि राम्रो देखिँदैन । आइस्याडो न्युड खालको प्रयोग गर्नुपर्छ । ड्रेसअनुसार कलर चुज गर्न सकिन्छ । सारी लगाउँदा लिपस्टिक डार्क, न्युड लगाउनुपर्छ । रेड, मरुन, डार्क पिंक, ओरेन्ज, रातो कलरको लिपस्टिक राम्रो हुन्छ ।

कपाल आवश्यकताअनुसार बनाउन सकिन्छ । ठूलो फेस हुनेले कपाल जुरो बनाएको राम्रो हुन्छ । पछाडिभन्दा कानदेखि माथिपट्टि ल्याएर जुरो बनाउन सकिन्छ । कपाललाई अगाडि पफ बनाउँदा पनि सुहाउँदो देखिन्छ ।

पातलो फेस हुनेलाई कपाल छाड्दा राम्रो हुन्छ । साथै, कपाल कर्ल गरेर जुरो बनाएर हिँड्दा पनि राम्रो देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१