जगदीशपुर जलाशय क्षेत्रमा २३ औँ विश्व सिमसार दिवस मनाईयो

ssapana44@gmail.com' jamuna aryal
१९ माघ २०७५, शनिबार १६:००

कपिलवस्तु – विश्व सिमसार दिवसको अवसरमा अन्तराष्ट्रिय सिमसार क्षेत्रमा सुचीकृत कपिलवस्तुको जगदीशपुर जलाशय क्षेत्रमा २३ औँ विश्व सिमसार दिवस तथा छैठौँ चरा महोत्सव आयोजना गरिएको छ । 

दिवसका अवसरमा बाजागाजाका साथ सिमसार क्षेत्रको संरक्षण र प्रवर्धन गर्ने उद्घोष गर्दै प्रदेश नं. ५ का भौतिक पूर्वाधार तथा योजना विकासमन्त्री बैजनाथ चौधरीले जगदीशपुर जलाशय क्षेत्रमा बेलुन उडाएर कार्यक्रमकाे उद्घाटन गर्नुभयो ।

जगदीशपुर जलाशय क्षेत्रको विकासका लागि  ५ नं. प्रदेश सरकारको विशेष चासो रहेको पनि मन्त्री चौधरीले बताउनुभयो ।

त्यस अवसरमा सिमसार क्षेत्रको संरक्षण र विकासमा योगदान पुर्याएको भन्दै वन तथा वातावरण संरक्षणकर्मी कृष्ण प्रसाद पोखरेललाई सम्मान गरियाे । 

१ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको यो तालमा १ सय ६८ प्रजातिका चरा, १० प्रजातिका उभयचर, ३२ प्रजातिका स्तनधारी, ४२ प्रजातिका घस्रने जनावर र ४३ प्रजातिका माछाहरु पाइन्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१