सन्दीप जोराले रचे कीर्तिमान

ssapana44@gmail.com' jamuna aryal
१८ माघ २०७५, शुक्रबार ०८:०७

काठमाडौं – युएई विरुद्धको टी–२० अन्तर्राष्ट्रिय  क्रिकेटका क्रममा नेपाली खेलाडीहरुले कीर्तिमान रच्ने क्रम जारी रहेको छ ।

एक दिवसीय क्रिकेटमा अर्धसतक बनाउने कान्छा खेलाडी रोहितकुमार पौडेल बने । जसले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीदीको कीर्तिमान तोडे । 

टी–२० मा सन्दीप जोराले तोडेका छन् । बिहीबार भएको खेलमा ४६ बलमा अविजित रहँदै ५३ रन बनाएर डेब्यु खेलमै अर्धसतक बनाएका सन्दीप जोरा सबैभन्दा कान्छा खेलाडी हुन् । 

सन्दीपले १७ वर्ष १ सय ३ दिनको उमेरमा अर्धशतक बनाउँदै उक्त कीर्तिमान कायम गरेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले जनाएको छ । 

युएई विरुद्धको पहिलो खेलमा नेपाल २१ रनले पराजित भए पनि सन्दीपले कीर्तिमान बनाएका हुन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१