एउटा कोठामा युवा युवति मृत अवस्थामा, दुवैजना भारतीय नागरिक

ssapana44@gmail.com' jamuna aryal
१८ माघ २०७५, शुक्रबार ०८:०५

विराटनगर विराटनगर महानगरपालिका एउटा घरको कोठामा युवा–युवतीको शव भेटिएको छ ।अशोकुमार यादवको घरको कोठा भित्र बिहीबार साँझ शव भेटिएको हो । मृतक दुवैजना भारतीय नागरिक भएको खुलेको छ । 

यादवको घरमा आठ÷नौ महिना अघि कोठा भाडामा लिएर बसेका उनीहरु श्रीमान–श्रीमती हुन् कि हैनन् भन्ने नखुलेको प्रहरीको भनाइ छ । शव भारत दरभंगा घर भएका अन्दाजी ३५ वर्षीय रन्जन सिंह र अन्दाजी २५ वर्षीय पुजाकुमारीको शव भएको प्रहरीले बताएको छ । 

युवकको शव रातो रंगको गलफन (मखलर) को पासो लगाएर झुन्डिएको अवस्थामा र युवतीको शव घाँटीमा निलो रंगको सलले बाँधेको र भूइँमा लडिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । 

स्थानीय बासिन्दाका अनुसार उनीहरु श्रीमान–श्रीमती भन्दै यादवका घरमा भाडामा बस्दै आएका थिए । मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले उनीहरु श्रीमान श्रीमती हुन् भन्ने प्रमाण फेला नपरेको बताए । 

युवकको शव टिनले छाएको घरको काठको बलोमा झुन्डिएको अवस्थामा भेटिएको हो भने  युवतीको शव घाँटीमा सल बाँधिएको तर भूइँमै लडिरहेको अवस्थामा भेटिएको श्रेष्ठले जानकारी दिए । 

दुबै जनाले सहमतिमै झुन्डिएर आत्महत्या गरेको तर युवतीले झुन्डिन प्रयोग गरेको सल भने चुँडिएर शव भूइँमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ । भाडामा बस्दै आएका युवक सिटी सफारी चलाएर जीविकोपार्जन गर्दै आएको र युवती भने घरमै बस्ने गरेको जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई गराएका छन् । 

घटनास्थलबाट प्रहरीले दुईवटा मोबाइल र केही कागजपत्र मात्रै फेला पारेको छ । सबै झ्याल र ढोका भित्रबाटै लगाएको अवस्थामा कोठामा शव भेटिएको जानकारी प्रहरीले दिएको छ । 

‘झ्याल र ढोका भित्रबाटै लगाएको अवस्थामा शव फेला परेको छ,’ डीएसपी श्रेष्ठले भने, ‘भारतीय नागरिक भएका कारण आफन्त र परिवारका सदस्यसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ ।’ 

दुबै जनाको शवलाई पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१