तुलसी र मधुकर प्रिक्वाटरफाइनलमा

ssapana44@gmail.com' jamuna aryal
१८ माघ २०७५, शुक्रबार ०७:५८

काठमाण्डौँ – विश्रान्तीका तुलसी महर्जन र मधुकर लामिछानेको जोडी नवौं बबिन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

तुलसी र मधुकरको जोडीले टोटल फिट्नेस क्लबका भाष्कर बानियाँ र नवीन शाहको जोडीलाई २१–११ र २२–२० को सोझो सेटमा पराजित गरे । त्यस्तै देवीनगरका सुमन श्रेष्ठ र कृष्ण सापकोटाको जोडीले देउरालीका भक्तबहादुर कुँवर र विष्णु क्षेत्रीको जोडीलाई २१–१४ र २१–१५ को सीधा सेटमा हराउदै प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे ।

यससंगै प्रिक्वाटरफाइनल चरणका सम्पूर्ण खेल सम्पन्न भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१