वादोरियो टोली भारत प्रस्थान

ssapana44@gmail.com' jamuna aryal
१८ माघ २०७५, शुक्रबार ०७:५५

काठमाण्डौँ – तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहितको ९ सदस्यीय नेपाली वादोरियो कराते टोली बिहीबार भारतको भिषकापट्नम प्रस्थान गरेको छ ।

खेलाडीहरुमा चित्रप्रसाद श्रेष्ठ, विशाल खड्गी, राजकुमार तामाङ, निमा तामाङ र निखिल पकुवालले आ–आफ्नो स्पर्धामा नेपालको चुनौती पेश गर्ने छन् । टोली नेतामा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, व्यवस्थापकमा लवली थापा तथा निर्णायकमा पुरुषोत्तम पोखरेल र अंकध्वज परियार रहेका छन् ।

टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता फ्रेब्रुअरी १ देखि ३ तारिखसम्म हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१