भक्तपुर क्यान्सर अस्पतालमा न्यूरो अप्रेसन सुरु

ssapana44@gmail.com' jamuna aryal
१७ माघ २०७५, बिहीबार १८:४८

भक्तपुर – भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालले स्नायु शल्यक्रिया (न्यूरो अप्रेसन) सुरु गरेको छ। न्यूरो सर्जन डा. राजीव शाहको नेतृत्वको टोलीले बुधबार अस्पतालकै पहिलो न्यूरो अप्रेसन गरेको हो।

अस्पतालले ३५ वर्षीया महिलाको टाउकोको अप्रेसन गरी सर्भाइकल स्पाइनल ट्युमर निकालेको अस्पतालका मेडिकल डाइरेक्टर प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठले जानकारी दिए।

अहिले बिरामीको अवस्था सामान्य रहेको उनी बताउँछन्। मेडिकल डाइरेक्टर प्रो.डा. श्रेष्ठका अनुसार बिरामी एक महिनाअघि टाउकोमा ट्युमरको पोको लिएर अस्पतालको बहिरंग सेवामा आएकी थिइन्।

अप्रेसन गरेर करिब ३० ग्रामको ट्युमर निकाल्न सफल भएको न्यूरो सर्जन डा. शाहले जानकारी दिए। करिब चार घन्टा लगाएर अप्रेसन गरिएकी बिरामीको अवस्था सामान्य रहेको उनी बताउँछन्।’न्यूरो अप्रेसन सफल भएको छ,’ उनले भने, ‘बिरामीको अवस्था सामान्य छ।’

उनका अनुसार उक्त ट्युमर निकाल्न ढिलो भएको भए बिरामीलाई पक्षघात (प्यारालाइसिस) हुनसक्थ्यो। उनको ट्युमर हातखुट्टा र मुखसँग सम्बन्धित मेरुदण्डकै स्नायुको भित्रसम्म पुगेको उनको भनाइ थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१