टीट्‍वेन्टी शृंखलाको पहिलो खेलमा नेपाल यूएईसँग पराजित

ssapana44@gmail.com' jamuna aryal
१७ माघ २०७५, बिहीबार १८:३१

काठमाडौं – टीट्‍वेन्टी शृंखला अन्तर्गतको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग पराजित भएको छ ।  बिहीबार भएको पहिलो खेलमा यूएईले दिएकाे १५४ रनकाे लक्ष्य पछ्याएकाे नेपाल २१ रनले पराजित भएको हो । 

बिहीबारको पहिलो खेलमा पराजित भएसँगै नेपाल तीन खेलको शृंखलामा १-० ले पछि परेको छ।

दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमीको मैदानमा टस जिती फिल्डिङ रोजेको नेपालले घरेलु टोली यूएईलाई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५३ रनको योगफलमा रोकेको थियो। 

जवाफमा नेपालले निर्धारित ओभरमा सात विकेट गुमाउँदा एक सय ३२ रन मात्रै जोड्न सकेपछि पहिलो खेलमा पराजय बेहोरेको हो।

मध्यम योगफल पछ्याएको नेपाल ब्याटिङमा फेरि केही कमजोर देखियो। सन्दीप जोहराले आफ्नो डेब्यू खेलमै अविजित ५३ रनको अर्धशतक प्रहार गरेपनि नेपालको जित सम्भव भएन।  उनले ४६ बलमा तीन चौका र एक छक्काको मद्दतमा ५३ रन बनाएका हुन् ।  

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१