बेलायतमा यस्तो अन्डा उत्पादन जसमा क्यान्सरबाट बचाउने प्रोटिन

ssapana44@gmail.com' jamuna aryal
१७ माघ २०७५, बिहीबार ०८:५७

बेलायतमा बैज्ञानिकको एक टोलीले लामो समयसम्मको शोधपछि यस्तो अन्डा उत्पादन गरेको छ, जसमा क्यान्सरबाट बचाउने प्रोटिन हुनेछ ।

त्यसो त अन्डाबारे हामीकहाँ विभिन्न भनाई र बुझाई छन् । कतिले अन्डा सेवनलाई उपयोगी मान्छन् भने कसैले यसलाई बर्जित गरेका छन् । कतिले अन्डाको पहेंलो भाग खान हुँदैन भन्छन्, कतिले त्यही पहेंलो भाग बढी स्वस्थ्यवर्द्धक हुने पनि दावी गरिएको छ । अन्डाबारे समाजमा व्याप्त भ्रम यसरी नै पैदा भएको छ, जसरी अन्डा पहिला भयो कि कुखुरा भन्ने वहसलाई हामीले जारी राखेका छौं ।

बीबीसी हिन्दी अनलाइनमा प्रकासित आलेख अनुसार वैज्ञानिकहरुले जुन अन्डा विकासित गरेका छन्, त्यसबाट निकालिने प्रोटिनबाट क्यान्सर प्रतिरोधी औषधी बनाउन सकिन्छ । के पनि दावी गरिएको छ भने, यस प्रक्रियाबाट बनाइने औषधीको खर्च प्रयोगशालामा बनाइने औषधीभन्दा सैयौं गुणा सस्तो हुन्छ ।

यसका लागि कुखुरामा जेनेटिक परिवर्तनका लागि त्यस्तो जीवन राखिन्छ, जसले क्यान्सर प्रतिरोधी प्रोटिन पैदा गर्छ । शोधकर्ताले भनेका छन्, केही समयपछि यस अन्डालाई व्यापक रुपमा उत्पादन गर्न संभव हुनेछ ।

कसरी बन्नेछ औषधी ?

एडिनबरामा स्थिती रोसिन टेक्नोलोजिज नामको कम्पनीसँग जोडिएका डा. लिसा हेरानका अनुसार, शोधको क्रममा ति कुखुराले कुनै किसिमको कष्ट भोग्नुपरेन । यद्यपी पोल्ट्री र्फमको कुखुराको तुलनामा यस कुखुरालाई विशेष ख्याल गरिएको थियो ।

डा. हेरान भन्छन्, ‘केही पेशेवर व्यक्तीको टिमले यस कुखुरालाई खास हेरचाह गरिरहेका छन् । त्यसको खानपिनको ध्यान राखिरहेका छन् । र, आम कुखुराभन्दा यो एकदमै आरमदायक ढंगले हुर्किरहेको छ । यदि अन्डाको कुरा गर्ने हो भने सामान्य रुपमै यसबाट अन्डा पैदा भइरहेको छ ।’

यसअघि पनि यस्तै किसिमको सोध गरिएको थियो । त्यस अन्र्तगत बाख्रा, कुखुरा र खरायोको जेनेटिक परिवर्तन गरी त्यसको दुध एवं अन्डाबाट रोग प्रतिरोधात्मक प्रोटिन लिन सकिन्छ भन्ने थाहा भएको थियो ।

शोधकर्ताका अनुसार यो नयाँ तरिका एकदमै प्रभावशाली र सस्तो छ । पुरानो तरिकाको तुलनामा यसबाट केही मात्रामा बढी प्रोटिन उत्पादन गर्न सकिन्छ ।

डा. हेरान भन्छन्, ‘कुखुराको मद्दतले प्रोटिनको उत्पादन कारखानाले उत्पादन गर्ने प्रोटिनभन्दा दश गुनादेखि सय गुणासम्म बढी सस्तो निकाल्न सकिन्छ । यसबाट के अपेक्षा राख्न सकिन्छ भने औषधी उत्पादनमा हुने कुल खर्च कम्तीमा दश गुना क मगर्न सकिन्छ ।’

किन यो काइदा सस्तो छ ?

यस प्रक्रियाका सबैभन्दा धेरै बचत आधारभूत ढाँचासँग जोडिएको छ । ल्याबमा यस औषधी बनाउनका लागि जीवाणुरहित प्रयोगशालाको निर्माण गर्नुपर्ने हुन्छ । त्यसैगरी यस औषधीयुक्त अन्डाका लागि सामन्य कुखुरालाई केवल खोर भए पुग्छ ।

कतिपय रोगको कारण के हुन्छ भने रोगी व्यक्तिको शरीर प्राकृतिक रुपले कुनै एक रसायन वा प्रोटिन उत्पादन गर्न सकिरहेको हुँदैन । यस्तो अवस्थामा शरीरलाई एक निश्चित प्रोटिनको आपूर्ति गर्ने औषधीले त्यस रोगबाट उन्मुक्ति दिलाउन सकिन्छ ।

फार्मास्युटिकल कम्पनीले यस्ता आौषधी प्रयोगशालामा बनाउँछ, जो एकदम महंगो वा खर्चिलो हुन्छ ।

डा. हेरान र उनका टिमले कुखुराको अन्डाको सेतो भाग बनाउने डीएनएकका हिस्सामा त्यस मासिनको जिन राखेको छ, जसमा यो प्रोटिन उत्पादन हुन्छ । डा. हेरानको टिमले जब यस कुखुरामा भएको अन्डालाई फुटाएर सेतो भागको जाँच गरेका थिए, तब थाहा भयो कि त्यसमा धेरै मात्रामा क्यान्सर प्रतिरोधी प्रोटिन थियो ।

कुन हो यो प्रोटिन ?

यस समूहले दुई किसिमको प्रोटिनमा आफ्नो् ध्यान केन्द्रित गरेको छ, जुन रोग प्रतिरोधात्मक क्षमताका लागि आवश्यक हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१