काठमाण्डौँ – अभिनेता रमित ढुंगाना पछिल्लो समय चलचित्र क्षेत्रबाट टाढा थिए । उनी आफैले निर्माण गरेको चलचित्र बुद्ध बर्न इन नेपाल पछि अभिनयमा फर्किएका थिएनन् ।
तर करिब २ वर्षको अन्तरालपछि रमित पुन चलचित्रमा फर्किएका छन् । उनले हालसालै एक चलचित्रमा लिखित सम्झौता समेत गरिसकेको बताइएको छ ।
उक्त चलचित्रलाई बिचल किराँतीले निर्देशन गर्न लागेको बताइएको छ । चलचित्रको नाम भने फाइनल भइनसकेको बुझिएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर चलचित्रको नाम तथा अन्यकलाकारहरुबारे जानकारी गराउने तयारी निर्माण युनिटले गरेको छ ।
उक्त चलचित्रबाट अभिनेता रमित ढुंगानाले १८ लाख रुपैयाँ पारिश्रमिक बुझेको बताइएको छ । सरु राईले निर्माण गर्न लागेको चलचित्रको छायांकन चैत पहिलो साताबाट सुरु हुने बुझिएको छ ।
प्रतिक्रिया