प्रदेश-२ मा शहीद पार्क बनाइ छोड्ने मुख्यमन्त्री राउतको घोषणा

ssapana44@gmail.com' jamuna aryal
१६ माघ २०७५, बुधबार १६:५९

वीरगन्ज – मुख्यमन्त्री लालबाबु राउतले प्रदेश-२ मा  शहीद पार्क जसरी पनि बनाइ छोड्ने बताएका छन्। उनले २०६४ सालमै तत्कालीन उपमहानगरपालिकाको बोर्ड बैठकले उक्त जग्गामा मधेसी शहीद पार्क निर्माण गर्ने निर्णय गरिसकेकाले त्यहि निर्णयअनुसार  अहिले प्रदेश सरकारले कार्यान्वयन गर्न थालेको बताए। 

शहीद पार्क निर्माणका लागि प्रदेश सरकारले ७५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै उनले भने,’प्रदेश सरकारले अहिले ७५ करोड मात्र विनियोजन गरेको छ, तर यो पार्क निर्माण करोडौं होइन अर्बौ रुपैयाँ लाग्छ भने पनि प्रदेश सरकारले लगाउँछ, शहीद पार्क बनाइ छाड्छौं।’

मधेस आन्दोलनको देनकै कारण मुलकमा संघीयता, गणतन्त्र , समावेशीता जस्ता राजनीतिक उपलब्धीहरु प्राप्त भएकाले मधेसी शहीदहरुको आहूती र बलिदानीको सपना साकार पार्न मधेस आन्दोलनको केन्द्र विन्दु रहेको वीरगन्जमा शहीद पार्क निर्माण गर्न लागिएको उनले बताए। 

भौतीक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले मधेसी शहीदको सपना साकार पार्न र मधेसी जनताको आकांक्षा पुरा गर्न प्रदेश सरकारले शहीद पार्क बनाउन थालेको बताए। वीरगन्जमा मधेस आन्दोलन चलिरहेका बेला घण्टाघर चोकमा मधेसी दलका नेताहरुले मधेसी शहीद पार्क बनाउने उद्घोष गर्दा हजारौ मधेसी आन्दोलनकारीहरुले ताली बजाएर स्वागत गरेका थिए, मन्त्री सोनलले भने, ‘मधेसी जनताको त्यहि आकांक्षा पूरा गर्न प्रदेश सरकारले पार्क निर्माण थालेको हो।’

पार्क निर्माण स्थलको जग्गाका लागि महानगरपालिकासंग स्वीकृति नलिइएको प्रसङगमा मन्त्री सोनलले भने,’जग्गा जनताको हुन्छ, संविधान, ऐन कानुन र विधि प्रकृया पनि जनताकै लागि बनाइएको हुन्छ, यदि यी सबै कुरा जनताको हक र हितमा भएन भने त्यसलाई परिवर्तन गर्न सकिन्छ, त्यसैले पार्क निर्माणका विषयमा पहिले भएका कानुन र विधि प्रकृया परिवर्तन गरेर जसरी पनि शहीद पार्क बनाइन्छ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१