कञ्चनपुर आज दोस्रो दिन पनि बन्द

ssapana44@gmail.com' jamuna aryal
१६ माघ २०७५, बुधबार १६:४२

महेन्द्रनगर–  महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जमिनमा अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउनुपर्ने माग राखेर आह्‍वान गरिएको कञ्चनपुर बन्द आज दोस्रो दिन पनि जारी छ। अवैध लिजविरुद्व चरणबद्व आन्दोलनमा उत्रिएका युवा विद्यार्थी संगठनहरुले मंगलबारदेखि अनिश्चितकालिन कञ्चनपुर बन्द गरेका हुन्। बन्दका कारण कञ्चनपुरको जनजीवन प्रभावित भएको छ। 

महेन्द्रनगरको बजार व्यवसाय बुधबार पनि पूर्ण रुपमा बन्द छन्। स्कुल, कलेजलगायत यातायात सेवा सञ्चालन भएको छैन। दुईदिनदेखि यातायात सेवा बन्द हुँदा सर्वसाधारण र यात्रुहरु महेन्द्रनगरमै अलपत्र छन्।

मंगलबार केही संरचनामा डोजर लगाएपनि आन्दोलनरत युवा विद्यार्थीहरुले आन्दोलन जारी राखेका छन्। ‘डोजर लगाएर संरचना भत्काउने कामको सुरुवात गर्नु राम्रो हो, तर आन्दोलनरत पक्षसँग कुनै समन्वय गरिएन’ युवा संघका केन्द्रिय सदस्य रामचन्द्र रेग्मीले भने,‘ योजनाबद्व रुपले भत्काउनुपर्ने भएपनि हामीसँग सल्लाह नै गरिएन।’ उनले सबै अवैध संरचना पूर्ण रुपमा भत्काउने लिखित प्रतिबद्वता नआएसम्म आन्दोलन नरोकिने बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१