भोजपुर – सरकारले गरिब परिवारकाे पहिचान गरी घर उपलब्ध गराएकाे छ । जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएका घर भाेजपुरका १३ गरिब परिवारलाई उपलब्ध गराएकाे हाे ।
भाेजपुरकाे अरुण गाउँपालिकाको वडा नम्बर – ४, ६ र ७ का १३ गरिब परिवारलाई घर हस्तान्तरण गरिएको हो ।
घर पाउनेहरुमा कुमालटारका मनरस कुमाल, याम बहादुर कुमाल, गंगा बहादुर कुमाल, सुनिता माझी, माली बहादुर माझी, बुधे कुमाल र धनबहादुर माझी रहेका छन् ।
यस्तै, माझीटारका पुर्णबहादुर माझी, भीमबहादुर माझी, सुरेन्द्र माझी र पूर्णमाया माझीले पनि घर पाएका छन् । माङदिङकी तीजमाया गन्धर्व र सिम्टारका रणबहादुर विश्वकर्माले पनि घर प्राप्त गरेकाे स्थानीय सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
एउटा घर निर्माण गर्न ३ लाख ३२ हजार खर्च भएकाे जनता आवास निर्माण उपभोक्ता समितिले जनाएको छ । घर पाएपछि कुमाल, माझी लगायतका समुदाय खुशी देखिएका छन् ।
प्रतिक्रिया