श्रीमतीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

ssapana44@gmail.com' jamuna aryal
१५ माघ २०७५, मंगलवार १८:५०

भक्तपुर – श्रीमतीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेकाे छ । 

भक्तपुरकाे मध्यपुरथिमि नगरपालिका ९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई श्रीमती बलात्कार गरेकाे आराेपमा प्रहरीले पक्राऊ गरेकाे हाे । 

श्रीमतीको इच्छा विपरीत शारीरिक सम्पर्क गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले खड्कालाई पक्राऊ गरी वैवाहिक बलात्कार ऐन अन्तर्गत मुद्धा चलाएको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । 

३७ वर्षीया श्रीमतीले आफूलाई माघ ४ गते श्रीमानले जबरजस्ती शारीरिक सम्पर्क गरेको भन्दै माघ ६ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१