बागलुङका पर्यटकीय स्थलमा हिउँमा रमाउन आउने पर्यटकको घुइँचो

ssapana44@gmail.com' jamuna aryal
१५ माघ २०७५, मंगलवार ०९:०७

बागलुङ – उच्च पहाडी भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै पर्यटकीय स्थलमा हिउँमा रमाउन आउने पर्यटकको घुइँचो लागेको छ । 

जिल्लाको प्रसिद्ध पर्यटकीय क्षेत्र ढोरपाटन, गाजाको दह, थामाको नेटा, निसी, तमान, ताराखोला, घुम्टेलगायत स्थानमा बाक्लो हिमपात भएको छ । हिमपातपछि रमाइलो गर्न दैनिक सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जिल्ला आउने अधिकांश पर्यटकको पहिलो रोजाइमा नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटन उपत्यका र थामाको नेटा परेको छ । 

चिसोका कारण सुनसान बनेको ढोरपाटन शिकार आरक्ष कार्यालय रहेको उपत्यका क्षेत्रमा हिमपातपछि पुनः चहलपहल बढेको छ । जिल्ला सदरमुकामदेखि ढोरपाटन पुग्ने सडकको स्तरोन्नति भएसँगै यस वर्ष अहिलेसम्मकै बढी पर्यटक आएको स्थानीयवासीले बताएका छन् । छिमेकी जिल्लालगायत राजधानीबाट समेत पर्यटक हिउँमा खेल्न आएको पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए । 

सरकारले हालै सार्वजनिक गरेको नयाँ पर्यटकीय गन्तव्य ढोरपाटन र गाजाको दहप्रति पर्यटक आकर्षित भएका हुन् । केही दिनदेखि लगातार हिमपात भएसँगै ढोरपाटन उपत्यका, ढोरबराह क्षेत्र आसपासमा तीन फिटभन्दा बढी हिँउ जमेको स्थानीयवासी वीरबहादुर थापाले बताए। पर्यटकको आगमन बढेसँगै होटलमा बस्न समस्या भएको छ । ढोरपाटन सिकार आरक्ष समुन्द्री सतहबाट दुई हजार ८५० मिटर उचाइमा अवस्थित छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१