यूएई विरुद्धको तेस्रो खेलमा नेपालको ऐतिहासिक जित

ssapana44@gmail.com' jamuna aryal
१५ माघ २०७५, मंगलवार ०८:५४

काठमाडौं  – यूएई विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा चार विकेटको रोचक जित हात पारेको छ। जितसँगै नेपालले तीन खेलको शृंखला पनि २–१ ले आफ्नो पक्षमा पारेको छ। अन्तर्राष्ट्रि क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमीको मैदानमा यूएईद्धारा प्रस्तुत दुई सय ५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाउँदै भेट्टाएको थियो।

त्यसअघि टस हारी पहिले ब्याटिङ गरेको यूएईले निर्धारीत ५० ओभरमा ६ विकेटको नोक्सानीमा २५४ रन जोडेको थियो। सीपी रिजवानको बलमा छक्का प्रहार गर्दै सोमपाल कामीले नेपालको जित निश्चित गरेका थिए। कप्तान पारसले एक सय १५ रनको ऐतिहासिक सतक प्रहार गर्दै नेपाललाई जिततर्फ अग्रसर गराएका थिए। पारसले एक सय नौ बलको सामना गरी एक छक्का र १५ चौका प्रहार गरे। उनको यो सतक नेपालका लागि आधिकारीक एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो सतक बनेको छ।

पारसले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल (३१ रन) सँग मिलेर ६२ रनको साझेदारी गरेका थिए। पारसले राष्ट्रिय टोलीबाट पहिलो खेल खेलेका सन्दीप जोहरा (१९ रन) सँग चौथो विकेटका लागि ३१, रोहितकुमार पौडेल (१६ रन) सँग पाँचौं विकेटका लागि ५४ र आरिफ शेख (२१ रन) सँग छैटौं विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए।

पारसलाई आरिफ, रोहित, सन्दीपलगायतका युवा खेलाडीले राम्रो साथ दिए। आरिफसँगै अविजित रहेका सोमपालले २५ बलमा २५ रन प्रहार गरेका थिए। सोमपालले आफ्नो पालीमा एक छक्का र तीन चौका हिर्काए भने सन्दीपले २० बलमा एक छक्का र एक चौका प्रहार गरे। आरिफले दुई र रोहितले एक चौका प्रहार गरे। प्रारम्भिक ब्याट्सम्यान विनोद भन्डारी नौ र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१