सांसदले फेसबुक ‘लाइभ’ गरेपछि….

ssapana44@gmail.com' jamuna aryal
१४ माघ २०७५, सोमबार ०९:१७

काठमाडौं – आइतबार भएको नागरिकतासम्बन्धी विधेयकको छलफलमा एकजना सांसदले फेसबुक ‘लाइभ’ गरेपछि त्यसलाई हटाउन लगाइएको छ। राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले समितिमा भएको छलफलको फेसबुक लाइभ गरेका थिए। नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफाबार छलफल भइरहेको ‘लाइभ’ समिति कै सदस्यले मोबाइलबाट गरेपछि समिति सभापतिले त्यसलाई हटाउन आदेश दिएकी हुन्।

बैठक सञ्चालन भएको केही समयपछि समिति सभापति शशी श्रेष्ठले समिति सदस्यले भिडियो खिच्न नपाउँने भन्दै त्यसलाई हटाउन आदेश दिएकी थिइन्। सभापति श्रेष्ठले सो आदेश दिएपछि सांसद साहले पत्रकारले भिडियो खिच्न हुने हामीले नहुने भन्ने जवाफ दिँदै त्यसलाई हटाएका थिए। ‘पत्रकारले मात्र पाउँछन् तपाईंले पाउनुहुन्न माननीयज्यू, त्यसलाई हटाउनुस्,’ समितिको मर्यादा कायम गर्नुस्,’ सभापति श्रेष्ठले भनिन्।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका संयोजक कृष्णभक्त पोखरेलले समिति भनेको संसद्को सानो रूप हो भन्दै कुनै पनि संसद् बैठकका सूचना अनुमति प्राप्त ढंगबाट संप्रेषण गरेको बाहेक अन्यथा कसैले पनि मिडियो खिचेर बाहिर ल्याउन नमिल्ने बताए। ‘यसमा समितिकै सदस्यले त मिल्दै मिल्दैन,’ उनले भने ‘सांसदलाई मोबाइल लैजान दिने कुरा स्वअध्ययन गर्नका लागि मात्र हो। तर, सांसदले संसद् तथा समिति बैठकको ‘लाइभ’ गर्न पाइँदैन,’ उनले भने। नियमावलीले यस्तो छुट सांसदलाई नदिएको पनि उनले बताए।

राज्य व्यवस्था समितिका सदस्य झपटबहादुर रावलले पनि सांसदले समितिको बैठकको ‘लाइभ’ गर्नु संसदीय मर्यादाविपरीतको काम भएको बताए। सांसद आफ्नो मर्यादामा बस्नु पर्दछ, उनले भने। ‘मिडियाले के बाहिर ल्याउने के बाहिर नल्याउने उसको आफ्नो ‘इथिक्स’ छ तर हामीले बैठकमा भएका सबै गतिविधि सोझै बाहिर लैजाने हो भने त्यो अमर्यादित काम हुन्छ,’ उनले भने। सांसद साहले भिडियो खिचेको सर्वप्रथम रावलले नै आपत्ति जनाएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१